CLI

आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभाले लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं ।आइएमई लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। साधारणसभाले इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्ने जनाइएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि इन्स्योरेन्सले जेठ १४ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

 

Leave Your Comment

Related News