सिटिजन्स सदावहार  खुल्लामुखी म्यच्युअल फण्ड असार १३ देखि बिक्रिमा

काठमाडौं ।  सिटिजन्स क्यापिटलले  प्रति इकाई १० रुपैयाको दरले ५ करोड कित्ता  ५ अर्वको सिटिजन्स सदावहार  खुल्लामुखी म्यच्युअल फण्ड बिक्रिमा ल्याएको छ । ५ लाख कित्ता फण्ड मध्ये ७५ लाख कित्ता अर्थात कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ (पन्ध्र) प्रतिशत इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सुरक्षित गरिएको छ ।  बाँकी न्यूनतम चार करोड पच्चिस लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुला गर्न लागेको हो  ।

खुल्ला मुखी म्युच्युअल फण्डमा अधिकतम इकाई संख्या ५० लाख कित्ताको लागि आबेदन दिन सक्नेछन् भने न्यनतम १०० कित्तामा आबेदन दिनु पर्नेछ  ।

म्यच्युअल फण्ड निश्काशन गर्न नेपाल धोतोपत्र बोर्डले क्यापिटललाई २०८२ असार २ गते स्वीकृति प्रदान गरेको हो । यो योजना खूल्ला मुखी भएकोले परिक्कक हुने समय तोकिएको छैन । यो योजनामा आबेदकले २०८२ असार १३ गते देखी १७ गते सम्म नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि-आस्वा सेवामा सअभागी बैङ्क तथा बितिय संस्था र तिनका शाखाहरु,सिडियस एव क्लियरिङ लिमिटेडबाट सञ्चालित मेरो शेयर अनलाईन प्रणाली साथै योजना व्यावस्थापक तथा योज व्यवस्थापकले तोकेको वितरककोमाध्यमबाट शेयर खरिद गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार