काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । आज सुन प्रति तोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य १ लाख ९४ हजार ७०० रुपैयाँ थियो ।
चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य २ हजार १५० रुपैयाँ थियो ।

