CLI

इरानमा १६ नेपाली नागरिक, पाँच जना जेलमा : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले युद्धग्रस्त इरानमा १६ जना नेपाली रहेको बताएकी छिन् । उनले इरानमा रहेका १६ जनामध्ये ११ नेपाली नागरिक भोलिसम्म भारत आइपुग्ने जानकारी दिएकी छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री देउवाले इरानमा रहेका नागरिकलाई भारतले उद्धार गरेर ल्याइदिन लागेको बताएकी हुन्। ‘१६ जना नागरिक इरानमा हुनुहुँदोरहेछ, भारत सरकारले नेपालीलाई पनि उद्धार गरेर ल्याइदिन्छु भनेको छ । ११ जना मसदमा आइपुग्नु भएको छ, सायद भोलि भारतमा आउनु हुन्छ’ मन्त्री देउवाले भनिन्, ‘गैरकानूनी ढंगले गएका पाँच जना जेलमा छन्। यही बेला रेस्क्यु गरेर ल्याउन सकिन्छ कि भनेर प्रयास गरेका छौं।’

मन्त्री देउवाले इरान–इराजालयबीच उत्पन्न द्वन्द्व र यसका सम्भावित प्रभावलाई अत्यन्तै गम्भीरताका साथ नियालिरहेको बताएकी छन्। ‘ती क्षेत्रमा नेपालीको सुरक्षालाई उच्च प्राथमिकता साथ कार्य गर्दै आइरहेको छौं। इजरायल र इरानमा रहेका नागरिकलाई अधिकतम सतर्कता अपनाउन आग्रह गरेका छौं’, उनले भनिन् ।

मन्त्री राणाले पछिल्लो अवस्थाबारे हरेक दिन बेलुका, इजिप्ट, कतार र पाकिस्तानमा रहेका राजदूतसँग नागरिकलाई उद्धार गर्न पर्यो भने कस्तो रणनीति लिने भनेर छलफल भइरहेको बताइन् ।

Leave Your Comment

Related News