१७ सयले घट्यो सुन

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज सुन प्रति तोला १ हजार ७०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोला २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य २ हजार १७० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार