CLI

राष्ट्रिय जीवन बीमा कम्पनीले व्यतित बीमालेखको विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीबाट जारी भएर व्यतित भएका बीमालेख असार २५ गतेसम्म नवीकरण गरेमा छुट दिने भएको छ।

कम्पनीले आज असार १० गतेदेखि असार २५ गतेसम्म व्यतित भइसकेका बीमालेख रिन्यू गरेमा त्यसमा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।

यो सुविधा १ वर्ष वा सोभन्दा बढी १० वर्षसम्म व्यतित भएका सबै बीमालेखमा लागू हुने कम्पनीले जानकारी दिएको छ। तर १० वर्षभन्दा बढी अवधिदेखि व्यतित रहेको बीमालेखमा भने यो लागू नहुने स्पष्ट पारेको छ।

साथै यस्तो छूट सुविधा बीमालेख अवधिभर एकपटक मात्रै पाइने व्यवस्था रहेकाले यसअघि नै छूट सुविधा लिइसकेको बीमालेखमा लागू नहुने पनि कम्पनीले जनाएको छ।

Leave Your Comment

Related News