काठमाडौं । सरकारले १३ वर्षपछि सवारी प्रदूषण सम्बन्धी नयाँ मापदण्ड लागु भएको छ । वन तथा वातावरण मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सवारी प्रदूषण मापदण्ड २०८२ लागू गरिएको हो । नयाँ व्यवस्थाले नेपाल सवारी प्रदूषण मापदण्ड २०६९ प्रतिस्थापन गरेको हो ।
छिमेकी मुलुक भारतले २०२० अप्रिलदेखि बीएस६ स्ट्यान्डर्ड लागू गरेपछि पनि नेपालमा भने युरो थ्री मापदण्ड मात्र लागु थियो । राजपत्रमा सूचना प्रकाशित भएसँगै नेपालमा भित्रिने सवारी साधन कम्तिमा यूरो ४ मापदण्डको हुनु पर्नेछ ।
दुईपांग्रे, तीनपांग्रे (चारपांग्रे लघुसहित) युरो ४ र चारपाँग्रे सवारी साधनमा युरो ६ मापदण्ड लागू हुनेछ । यस अनुसार अब नेपालमा आयात हुने स्कुटर/मोटरसाइकल, तीनपांग्रे रिक्सा र खाली सवारीको तौल ३५० केजीसम्म भएका चारपांग्रे सवारी साधन अनिवार्य युरो ५ मापदण्डको हुनुपर्नेछ ।
त्यस्तै, कार, डेलिभरी, भ्यान, माइक्रोबस, ठूला बस लगायत सवारी साधन भने अनिवार्य युरो ६ मापदण्ड हुनुपर्नेछ ।
नेपालमा आयात हुने सवारी साधन तथा पार्टपूर्जामा युरो ५ र युरो ६ मापदण्ड लागू हुनेछ ।
ट्रयाक्टर, पावर ट्रिलर, डोजर, क्रेन, रोलर, एक्साभेटर जस्ता निर्माण उपकरण तथा रक्षा मन्त्रालयको सिफारिसमा आयात हुने सैनिक प्रयोजनका विशेष सवारी साधनमा भने यो मापदण्ड लागू हुने छैन ।

