काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज सुन प्रति तोला १ हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने २० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोला २ हजार १४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य २ हजार १६० रुपैयाँ थियो ।

