काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपाल बयानका लागि विशेष अदालतमा उपस्थित भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लगाएपछि नेपाल बयानका लागि आज विशेष अदालतमा उपस्थित भएका हुन् ।
नेपालको बयान विशेष अदालतका तीन जना न्यायाधीशको इजलासमा हुने भएको छ ।
बुधबार बिहान अदालतमा उपस्थित भएका नेपालको बयान न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा हुने तय भएको हो । अहिले नेपालको बयान भैरहेको छ । नेपालको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।
नेपालसहित ९३ जनाविरुद्ध गत जेठ २२ मा पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

