काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको अध्यक्ष पेमा राज्यलक्ष्मी सिंहले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् । नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाले कम्पनीको अध्यक्ष सिंहलाई एक कार्यक्रमको बीच बीमा ऐन २०७९ को दफा ४७ (६) को ब्यवस्था अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
कम्पनीको असार ५ गते सम्पन्न ३७ औं वार्षिक साधारण सभावाट कम्पनीको संचालक समितिको पूर्नगठन भई सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित भएकी थिइन् ।
प्राधिकरण अध्यक्ष ओझाले कम्पनीको पूर्ननिर्वाचित अध्यक्ष सिंहको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरे । सिंहले प्राधिकरणको अध्यक्षलाई आफ्नो र संचालक समितिको तर्फवाट आभार एवं धन्यवाद ज्ञापन गरिन् । उक्त समारोहमा प्राधिकरणबाट कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फवाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थिती थियो ।

