काठमाडौं ।संघिय संसद अन्तर्गतका पाँच वटा समितिको बैठक आज एकै दिन बस्न लागेको छ । संघीय संसद, प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा “नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने माननीयजसँग छलफल गर्नेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कारयसुची रहेको छ । संघीय संसद, संसदीय सुनुवाइ समितिको बैठकमा न्यायपरिषद्बाट न्याधीयको लागि सिफारिस भएका उमेद्वारको बिरुद्दमा उजुरी हालेका उजुरीकर्तासँग छलफल गर्ने छ ।
आज राष्ट्रिय सभा अन्तर्गतको संघीय संसद, राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ भने राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आ.व. २०८२/०८३ को बजेट वक्तव्यमा उल्लेखित कालिगण्डकी तिनाउ नदी पथान्तरण आयोजनाको अवस्था सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

