स्पेन भ्रमणबारे प्रधानमन्त्रीले दिए संसद्लाई जानकारी, टोलीमा २१ जना सहभागी

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु हुने स्पेन भ्रमणबारे संसद्‌लाई जानकारी गराएका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) को चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन आज साँझ उनी स्पेन प्रस्थान गर्दै छन् ।

स्पेनको सेभिया शहरमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको एक दशकमा आयोजना गरिन्छ । संयुक्त राष्ट्रसंघको महासभामा जस्तै यस सम्मेलनमा पनि सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरूको समेत सहभागिता हुन्छ ।

आज साँझ ६ बजे कत्तार एयरवेजको जहाजबाट दोहा हुँदै प्रधानमन्त्रीको यात्रा सुरु हुन्छ, स्पेनको राजधानी म्याड्रिडमा असार १५ गते बिहान पुग्ने कार्यक्रम तालिका छ । आफ्नो नेतृत्वमा जाने भ्रमण टोलीमा २१ जना सहभागी हुनेछन् ।

भ्रमणमा स्पेन स्थित नेपाली राजदूत र न्युयोर्क स्थित आवासीय प्रतिनिधि समेत हुनेछन् । परराष्ट्र मन्त्रालयका सचिव सहित सम्बन्धित क्षेत्रको नेतृत्व गर्ने अधिकारी सहितको टीमका अतिरिक्त अर्थ सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव पनि भ्रमण दलमा छन् ।

प्रधानमन्त्रीको मुख्य सल्लाहकार सहित स्वकीय सचिवालयका आवस्यक व्यक्तिहरुको संलग्नता छ । भ्रमणको दोस्रो दिन असार १५ गते भ्रमण टोली स्पेनको सहर सेभियामा पुग्नेछ ।

लगत्तै प्रधानमन्त्रीले नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ । जहाँ स्पेनका मन्त्रिपरिषद्का महामहिम अध्यक्ष सहित विभिन्न व्यक्तित्वहरुको सहभागिता रहनेछ ।

हप्ता दिन पछि असार २० गते प्रधानमन्त्री काठमाडौंमा अवतरण गर्ने कार्य तालिका छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार