राप्रपा र रास्वपाबाट प्रधानमन्त्रीको सम्बोधन बहिष्कार

काठमाडौं । प्रतिपक्षी दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजकाे संसद् बैठक पनि बहिष्कार गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने समय पाएलगत्तै उनीहरू गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठकस्थलबाट बाहिरिएका हुन् ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई समय उलपब्ध गराउनु अघि उनीहरू सदनमा उभिएर अवरोध गरिरहेका थिए ।

उनीहरूको अवरोधका बीच सत्ता पक्षीय र प्रतिपक्षमा रहेका सांसदहरू बोलिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार