प्रतिनिधिसभा बैठक बस्दै, निजामती विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । आइतबार संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपरान्ह १२:१५ बहे राष्ट्रियसभा र दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ ।

आजको प्रतिनिधिसभा बैठकबाट निजामती विधेयक पारित गर्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभाको यही असार ३ गतेको बैठकमा सो विधेयक पारित गर्नेगरी कार्यसूची तय भए पनि अन्तिम समयमा आएर रोकिएको थियो ।

आजका लागि निर्धारित कार्यसूचीअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएपछि सभामुखले प्रमाणित गर्नेछन् । सभामुखले प्रमाणित गरेर राष्ट्रपतिसमक्ष पेस गर्ने र प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार