काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १९ सहकारीका निलम्बित सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य तथा कर्मचारीहरूलाई असार ३२ भित्र ऋण चुक्ता गर्न अन्तिम ताकेता गरेको छ ।
समितिले आइतबार सूचना जारी गर्दै असार मसान्तभित्र आफ्नो दायित्व राफसाफ गर्न भनेको हो ।
पटक पटक सार्वजनिक सूचना प्रकाशित गर्दा समेत आफ्नो दायित्व राफसाफ नगरेकाले समितिले अन्तिम सूचना जारी गरेको हो ।
तोकिएको म्यादभित्र समेत आफ्नो दायित्व राफसाफ नगरेमा समस्याग्रस्त घोषणा भएको दिनदेखि असुलीको दिनसम्मको साँवा, व्याज, हर्जाना समेत ऋणीले तिर्नुपर्ने ऋणमा गणना गरी साउन १ देखि असूली गरिने समितिले जनाएको छ ।


