चार संसदीय समितको बैठक आज एकैदिन बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं । संघीय संसदका चार समितिको बैठक आज एकैदिन बस्न लागेको छ । आज संघीय संसद, प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समिति, स‌ शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, संघीय संसद, राष्ट्रिय सभा, विधायन व्यवस्थापन समिति र संघीय संसद, संसदीय सुनुवाइ समितिको वैठक बस्स लागेका हुन् । आजको संघीय संसद, प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको वैठकमा “नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउनुहुने माननीसँग छलफल हुनेछ कार्सूची रहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ भने राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा   भन्सार विधेयक, २०८० माथि  दफावार छलफल हुनेछ त्यसैगरि संघीय संसद, संसदीय सुनुवाइ समितिको वैठकमा सुनुवाइ हुन बाँकी सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश र न्याय परिषदका सदस्यको सुनुवाइ गर्नेछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार