CLI

काठमाडौं महानगरपालिकाले छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गर्‍यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो अन्तर्गतको विद्यालयहरूमा कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न इच्छुक विद्यार्थीहरूका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ। महानगरपालिकाको शिक्षा विभागले आज (असार १८ गते) एक सूचना जारी गर्दै तोकिएको मितिभित्र आवेदन दिन विद्यार्थीहरूलाई आग्रह गरेको छ।

सूचना अनुसार अनलाइन आवेदन फारम असार १८ गतेबाट सुरु भई २०८२ असार २७ गते राति ११ः५९ बजेसम्म फारम भर्न सकिनेछ। यो लिंक मार्फत अनलाइन आवेदन भर्न सकिनेछ।

अनलाइन फारम भर्नेको परीक्षा असार २९ गते शनिबार बिहान १०ः०० बजेदेखि सुरु हुनेछ । परीक्षा केन्द पछि प्रकाशन गरिने सूचना उल्लेख छ ।

महानगरपालिकाले आवेदन तथा छात्रवृत्तिका अन्य विवरण र आवश्यक जानकारीका लागि आफ्नै वेबसाइट हेर्न अनुरोध गरेको छ।

Leave Your Comment

Related News