काठमाडौं । नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडूले संसदीय समितिको निर्णयमाथि झालझेल भएको भन्दै छानबिन गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बुधबार उनले संघीय निजामती सेवा विधेयकमा जालझेल भएको र यसबारे छानबिन आवश्यक रहेको बताएका हुन्।
उनले अब राष्ट्रिय सभाबाट यसलाई सुधार गर्नु पर्ने पनि बताए। ‘ यति धेरै समय लगाएर हामीले सर्वसम्मत रूपमा पारित गरेको निर्णयमाथि जालझेल भयो,’ उनले भने, ‘ यस्तो जालझेलमा को–को जोडिएका छन् भन्ने पनि छानबिन हुनु पर्यो। त्यसअघि कसरी यसलाई सच्याउने भन्नेमा पनि ध्यान दिनु आवश्यक छ ।’
सांसद बडूले विधेयकमा भएको कुलिङ पिरियडको व्यवस्था स्पष्ट खुल्ने गरी राख्न मन्त्रीले राष्ट्रियसभामा संशोधनसहित विधेयक पेस गर्नुपर्ने पनि बताए।

