सर्वोच्चले जोगायो अध्यादेशबाट नियुक्त ५२ पदाधिकारीको पद (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले अध्यादेशमार्फत नियुक्त ५२ संवैधानिक पदाधिकारीको पद जोगाएको छ ।

बुधबार मध्यराति प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको इजलासले पहिलो चरणमा नियुक्त ३२ र दोस्रो चरणमा नियुक्त २० गरी सबैको पद जोगिनेगरी १५ वटा रिट खारेजीको फैसला गरेको हो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नहकुल सुवेदी २०७७ मंसिरमा ल्याइएको अध्यादेशअनुसार नियुक्त भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित ३२ जनाको नियुक्ति बदर गर्नुपर्ने पक्षमा थिए । तर याधीशहरु सपना प्रधान मल्ल, मनोजकुमार शर्मा र कुमार चुडालले रिट खारेज गर्नुपर्ने मत राखे ।

रिट खारेज गरी नियुक्ति सदर गर्नुपर्ने बहुमत भएपछि ती ३२ पद पनि जोगिएका हुन् ।

पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार