साताभर बढ्यो शेयर बजार, २७०० माथि नेप्से पुग्दा कारोबार भने घट्यो

काठमाडौं । आइतबार देखि बढेको शेयर बजार बिहीबार पनि बढेको छ ।

बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ९.१४ अंकले बढेर २७०३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१९ अंकले बढेर ४६४.४६ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.०२ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.८५ अंकले बढेको छ ।

बिहीबार ३१ वटा कम्पनीको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार पुगेको छ । जुन बुधबारको तुलनामा ९ करोड ९२ लाख ९३ हजारले कम हो ।
बुधबार ३१७ वटा कम्पनीको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार पुगेको थियो ।

यसदिन बजार पुँजीकरण रकम ४५ खर्ब ५ अर्ब १९ करोड ३८ लाख पुगेको छ । बुधबार भने बजार पुँजीकरण रकम भने ४४ खर्ब ८९ अर्ब ९५ करोड ९४ लाख पुगेको थियो ।

यसदिन १२२ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १२५ वटा कम्पनीको शेयर मूल्य घटेको छ।
यस दिन ८ वटा उपसमूह बढ्दा ५ वटा उप समूह घटेको छ । बैंकिङ ४, विकास बंैक ६८, वित्त ९८, जीवन बीमा ३४६, उत्पादन र प्रशोधन २८, म्युअुचल फण्ड ०.२२, निर्जीवन बीमा २७९ र अन्य समूह ०.८७ अंकले बढ्दा होटल र पर्यटन ५, जलविद्युत २१, लगानी ०.८७, लघुवित्त ११ र व्यापार ५४ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा बुटवल पावर कम्पनी, साहास उर्जा लिमिटेड, सप्तकोशी विकास बैंक, राधी विद्युत कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेड रह्यो । बुटवल पावर कम्पनीको ३१ करोड ६८ लाख, साहास उर्जा लिमिटेडको २७ करोड २८ लाख, सप्तकोशी विकास बैंकको २६ करोड २८ लाख, राधी विद्युत कम्पनीको २३ करोड ११ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेडको २२ करोड ३९ लाख बराबर कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार