RE
Global College

नेपाल इन्स्योरेन्सको हकप्रदमा साउन ६ देखि आवेदन दिन सकिने

काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले आगामी साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री वितरण गर्ने भएको छ । कम्पनीले गत जेठ ७ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद बिक्रीका लागि अनुमति पाएको थियो ।

कम्पनीले आफ्नो चुक्ता पुँजी १ अर्ब ८९ करोड रुपैयाँको १०:५:४७८ को अनुपातमा विद्यमान १० कित्ता शेयर बराबर नयाँ ५.४८ कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँका दरले ६५ करोड ७६ लाख ९६ हजार ७७६ कित्ता साधारण शेयरका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले हकप्रद शेयर निष्काशन पूर्वसंचालक समितिको निर्णय अनुसार सार्वजनिक सूचना प्रकाशन गरी शेयरको दर्ता किताब बन्द गरिएको मितिभन्दा अघिल्लो दिन सम्ममा शेयर खरिद गरी कायम भएका साविकका शेयरधनीहरुले मात्र उक्त शेयर बिक्री गर्नेछ । हकप्रद निष्काशनका लागि कम्पनीले गत जेठ ३० गते बुक क्लोज गरेकोमा जेठ २९ गतेसम्म कायम शेयरधनीले मात्रै हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन् ।

हकप्रदका लागि साउन ६ गतेदेखि २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

NECO

Leave Your Comment

Related News