समयमै काम नसक्ने ११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले जिम्मा लिएको काम समयमै काम नसक्ने ११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ ।

निर्माण व्यवसायी आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राख्न नपर्ने आभार प्रमाण भए सूचना प्राप्त भएको २० दिनभित्र कार्यालयमा सिमित स्पष्टीकरण पेश गर्न सूचना पठाइएकोमा तिनले हालसम्म स्पष्टीकरण पेस नगरेका हुन् । स्पष्टीकरण पेस नभएपछि कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना प्रकाशित गरेको हो ।

७ दिनभित्र स्पष्टीकरण पेस नभएमा कार्यालयले ती कम्पनीहरुलाई कालोसूचीमा राख्ने छ ।

स्पष्टीकरण माग गरिएका ११ कम्पनी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार