CLI

स्वास्थ्य बीमाः देशभर जुनसुकै स्वीकृत सेवा विन्दुबाट प्रथम सेवा लिन सक्ने व्यवस्था सुरु हुँदै

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमित नागरिकहरूलाई थप सहज र सरल बनाउने गरी प्रथम सेवा विन्दु सम्बन्धी नयाँ व्यवस्था ल्याएको छ। यो व्यवस्था २०८२ साउन १ गतेदेखि लागू हुने बोर्डले जनाएको छ।

अहिलेसम्मको व्यवस्थाअनुसार बीमितले बीमा गराउँदा नै छनोट गरेको एउटा मात्र प्रथम सेवा विन्दुबाट सेवा लिनुपर्ने बाध्यता थियो। यसले बीमित नागरिकहरूलाई देशका विभिन्न स्थानमा हुँदा सेवामा पहुँच पाउन कठिनाइ हुने र गुनासो बढ्ने अवस्था देखिएको थियो। बीमितले आफ्नो पहिलो छनोट गरिएको सेवा विन्दुमा नै पुगेर सेवा लिनुपर्ने बाध्यता हटाउनका लागि स्वास्थ्य बीमा ऐन, २०७४ तथा नियमावली, २०७५ मा संशोधन गरिएको हो।

नयाँ व्यवस्थाअनुसार बीमा बोर्डबाट प्रथम सेवा विन्दुको रुपमा अनुमति प्राप्त गरेका जुनसुकै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमितले सेवा लिन सक्ने छन्। यसले बीमितलाई देशभर जुनसुकै स्थानमा रहे पनि नजिकको स्वीकृत सेवा प्रदायक संस्थाबाट स्वास्थ्य सेवा लिन सहज बनाउने बोर्डले स्पष्ट पारेको छ।

बोर्डले यस नयाँ व्यवस्थाले बीमा सेवा थप प्रभावकारी हुने र नागरिकहरूलाई सहज स्वास्थ्य सेवा सुनिश्चित हुने विश्वास व्यक्त गरेको छ।

Leave Your Comment

Related News