CLI

जन्मदिनमा पूर्वराजा ज्ञानेन्द्रको सन्देश – अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन्।

सोमबार निर्मल निवासमा आफ्नो ८० औँ जन्मदिनको अवसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पूर्वराजा शाहले अहिले बाढी, पहिरोको समय रहेको भन्दै यसबाट जोगिएर बस्न समेत आग्रह गरे।

‘अहिले वर्षाको समय हो, बाढी पहिरोको जोखिम छ,’ शाहले भने, ‘पानीजन्य विमारी पनि हुन्छन्। सबै दाजुभाई, दिदिबहिनीहहरू शतर्क रहनुस्। विचार गरेर बस्नुस्, मेरो आग्रह छ।’

उनले थपे, ‘यो समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो। हामी नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन, नेपालै हामी भित्र हुनुपर्छ। अनि हामी नेपाली हुन्छौँ।’

पूर्वराजा शाहले जन्मदिनको अवसरमा निर्मल निवासमा आयोजना गरेको कार्यक्रममा शुभकामना दिनेहरुको भीड देख्न सकिन्छ।

Leave Your Comment

Related News