नेपाल-चीन जोड्ने मितेरी पुल बाढीले बगायो, सयौँ गाडी पनि बगाएको अनुमान

काठमाडौं । गएरातिको भारी वर्षापछि आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । बाढीले मितेरी पुल बगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए ।

चीनपट्टीबाट आएको बाढीका कारण मितेरी पुल बगाएर ठूलै क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । रसुवाको टिमुरे र रसुवागढी आसपास पनि बाढीले डुबानमा परेको छ ।

डुबानमा भन्सारको सुख्खा बन्दरगाहमा रहेका सयौँ गाडी पनि बगाएको अनुमान गरिएको छ । यस्तै केही घरमा सहित क्षति पुगेकोमा मानवीय क्षति पनि भएको हुनसक्ने अनुमान गरिएको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार