RE
Global College

केरुङ–लेन्देखोलाको बाढीले रसुवागढी जलविद्युत र सुख्खा बन्दरगाहमा ठूलो क्षति

काठमाडौं । आज मंगलबार बिहान चीनको केरुङ र लेन्देखोलातर्फबाट अचानक आएको भीषण बाढीले रसुवागढी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवागढी जलविद्युत आयोजना अन्तर्गतको बाहिरी संरचना पूर्ण रूपमा ध्वस्त भएको जनाइएको छ।

मंगलवार बिहान करिब ३ बजे आएको बाढीले टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा समेत क्षति पुर्‍याएको छ। बन्दरगाह परिसरमा भन्सार जाँचका लागि राखिएका र पास भइसकेका केही विद्युतीय सवारी साधन बगाएको अनुमान गरिएको छ।

यस्तै, रसुवागढीमा नेपाल–चीन सिमानामा रहेको मितेरी पुल पनि बाढीले बगाएको स्थानीय संगम ठाकुरले जानकारी दिएका छन्।

अत्यधिक वर्षापछिको बाढीका कारण त्रिशुली नदीको जलस्तर समेत खतराको सीमामा पुगेकोले स्थानीय जिल्ला प्रशासन कार्यालय रसुवाले नदी किनारका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। उद्धार र राहत कार्यका लागि सुरक्षाकर्मी र स्थानीय निकाय परिचालनमा रहेको जनाइएको छ।

प्राकृतिक प्रकोपबाट जनधनको क्षतिको थप विवरण संकलन भैरहेको छ।

NECO

Leave Your Comment

Related News