प्रधानमन्त्री केपी शर्मा ओलीको केरुङ र लेन्देखोला बाढीको उद्दारका लागि सूचना समन्वयका लागि अनुरोध

काठमाडौं । आज बिहान रसुवा जिल्लाको रसुवा गढी क्षेत्रमा चीनको केरुङ र लेन्देखोलातर्फबाट अचानक आएको भीषण बाढीले रसुवागढी क्षेत्रमा ठूलो  धनजनको क्षेति भएपश्चात प्रधानमन्त्री केपी शर्मा ओलिले मौसमजन्य विपद्को उद्धारका लागि सरकारले विपद् व्यवस्थापन विभागलाई ‘हाई एलर्ट’मा राखेको  बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आज बिहान पोष्ट लेख्दै यस्तो बताएका हुन । उनले भनेका छन् ‘मौसमजन्य विपद्को उद्धारका लागि सरकारले विपद् व्यवस्थापन विभागलाई ‘हाई एलर्ट’मा राखेको छ । सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीका स्वयंसेवकहरु आवश्यक साधन र उद्धार उपकरण सहित तैनाथ छन् र आफ्नो काम गरिरहेका छन्। विपद् संभावित क्षेत्रमा खटिएको सुरक्षा निकायको सम्पर्क नम्बरहरु सार्वजनिक गरिएको छ। सूचना समन्वयका लागि सबैलाई अनुरोध गर्दछु ।“ उनले बिपतमा परि अप्ठेरोबाट नागरिकलाई उद्दाग गर्न बिपत् प्रतिकार्ञमा खटिएका सुरक्षा निकायको नम्वर सार्बजनिक गरिएको र ति नम्बरमा सम्पर्क गर्न भनेका छन् । यो बर्ष मौसमबिद्ले बिगत भनदा बढी पानी पर्ने र प्राकृतिक प्रकोप बाढि पहिरो बड्ने नागरिकलाई असर पर्ने जनाउदै सरकरलाई बिपत् प्रतकार्यमा हाइ अलर्टमा रहन भनेको थियो ।

आज बिहान रसुवास्थित नेपाल–चीन सीमा जोड्ने प्रमुख व्यापारिक नाका मितेरी पुल आज बिहान करिब ३ बजे अचानक आएको बाढीले बगाएको छ। भने बाढीको असरले स्याफ्रुबेसीतर्फ जोड्ने सडकसमेत पूर्णरूपमा प्रभावित भएको छ त्यसैगरि रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचनामा गम्भीर क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। यसैबीच, जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले संयुक्त रूपमा सूचना जारी गर्दै त्रिशुली नदीको माथिल्लो क्षेत्र — नुवाकोट र रसुवामा अत्यधिक वर्षा भएकाले नदीको बहाव तीव्र गतिमा बढ्न सक्ने चेतावनी दिएका छन्। नदी किनार आसपासका बासिन्दालाई आवश्यक सतर्कता र सावधानी अपनाउन तथा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

रसुवा जिल्ला प्रसासन कार्यालयले दिएको जाकारी अनुसार बाढिको कारण रसुवागढीमा अहिलेसम्म १८ जना नागरिक बेपत्ता भएको सुचना प्राप्त भएको छ भने ९ जना  नागरिकको उद्दार गरिएको छ ।

अत्यधिक वर्षापछिको बाढीका कारण त्रिशुली नदीको जलस्तर समेत खतराको सीमामा पुगेकोले स्थानीय जिल्ला प्रशासन कार्यालय रसुवाले नदी किनारका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। उद्धार र राहत कार्यका लागि सुरक्षाकर्मी र स्थानीय निकाय परिचालनमा रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार