प्रधानमन्त्रीसहितको टोली रसुवाको बाढीग्रस्त क्षेत्रमा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली रसुवाको बाढी पहिरो ग्रस्त क्षेत्रको अवलोकनका लागि जाने भएको छ।

सोमबार राति आएको बाढी र पहिरोका कारण पुगेको क्षतिको अवलोकनका लागि प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि अवलोकनका लागि जान लागेका हुन् ।

बालुवाटार स्रोतका अनुसार दुई वटा हेलिकोप्टरबाट क्षतिग्रस्त बाढीग्रस्त क्षेत्रमा गई प्रत्यक्ष अवलोकनपछि सरकारले आवश्यक निर्णय लिने तयारी रहेको छ ।

बाढीग्रस्त क्षेत्रमा तीनै वटै सुरक्षा निकायका प्रमुख पनि जान लागेका हुन् । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दीपक थापा र सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल बाढीग्रस्त क्षेत्रमा जान लागेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार