गौरीघाट-गुहेश्वरी क्षेत्रमा बागमतीको सतर्कता तह पार, सतर्क बस्न सन्देश

काठमाडौं । बागमती नदीको गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभाग, बाढी महाशाखाले जनाएको छ ।

मङ्गलबार राति १२ बजे आसपासदेखि निरन्तर परेको पानी २ बजे सतर्कता तह पार गरेकाले गौरीघाट, गुह्येश्वरी, चावहिल, नयाँबस्ती, जोरपाटी क्षेत्रमा बस्नेहरुको मोबाइलमा सुरक्षित रहन सन्देश प्रवाह गरिएको महाशाखाका इञ्जिनीयर आशीष भट्टले जानकारी दिए ।

यसैगरी रुद्रमती (धोबीखोला) को कपन क्षेत्रमा पनि जलसतह सतर्कता तह पार गर्न लागेको छ । राजधानीका अधिकांश भागमा राति १२ बजेदेखि नै करिब २५ मिलिमिटरको दरमा निरन्तर पानी परिरहेकाले पनि सुरक्षित हुन विभागले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार