काठमाडौँ महानगरले कहिले ल्याउँछ बजेट ?

काठमाडौं । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहहरुले असार १५ भित्र बजेट ल्याइसक्नुपर्छ । तर देशकै सबैभन्दा ठूलो स्थानीय तह काठमाडौँ महानगरमा भने मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत तथा अन्य जनप्रतिनिधिबिच विवाद छ ।

सो विवादका कारण  हालसम्म पनि नीति तथा कार्यक्रम र बजेट अन्योलमा छ । विवादका बिच बुधबार महानगरको कार्यपालिका बैठक बोलाउने तयारी भएको छ । स्रोतका अनुसार तत्काल विवाद बिर्सिएर बजेट टुंगो लगाउनका लागि बैठक बोलाउने तयारी भएको छ ।

बुधबार बैठक बसेमा शुक्रबारसम्म नीति तथा कार्यक्रम र बजेट ल्याइसक्ने तयारी महानगरको छ । गत आइतबार  मेयर शाह, उपमेयर सुनिता डंगोल र केही वडाअध्यक्षबिच छलफल भइ बुधबार कार्यापालिका बैठक बोलाउने सहमति भएको थियो ।

असार मसान्तभित्र बजेट पास गर्नैपर्ने कानुनी बाध्यताका कारण पुराना विवादहरूलाई थाँती राखेर भए पनि बजेट ल्याउने करिब सहमति भएको महानगर स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार