प्रतिनिधि सभा बैठकमा साइबर सुरक्षा र औद्योगिक सम्पत्ति विधेयक प्रस्तुत हुने

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक आज (आइतबार) दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्दैछ । यस बैठकमा महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

मुख्य कार्यसूची:-

-साइबर सुरक्षा विधेयक प्रस्तुत हुने: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक–२०८२’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि उनले उक्त विधेयक बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ ।

-औद्योगिक सम्पत्ति विधेयक प्रस्तुत हुने: यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक–२०८२’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। सोही प्रस्ताव पारित भएपछि विधेयक प्रस्तुत गरिनेछ ।

-ऐन संशोधन विधेयकमाथि छलफल: कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार