काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले १९औं बार्षिकोत्सवको अवसरमा कार्यक्रम सम्पन्न गरेको छ । सिटि एक्प्रस मनि ट्रान्फर १८ बसन्त पार गरेर १९ औं बर्षमा प्रबेश गरेको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले आयोजित कार्यक्रममा मुख्य अभिप्राय “रक्तदान जीवनदान –हामी सबैको योगदान” भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
सिटी एक्सप्रेसको कमलादी स्थित आफ्नै मुख्य कार्यलयमा उल््लेख्य सहभागिताका साथमा रक्तदान कार्यक्रम सम्पन्न गरेको कम्पनीले जनाएको छ । यसका साथै १९औं बार्षिकोत्सवको अवसरमा कम्पनीले बर्षको उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरेको छ
सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १८ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानि गर्न सकिन्छ ।

