RE
Global College

एनआरएन इन्फ्रास्ट्रक्चरले बर्णबास होटलको शेयर किन्यो

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर लिमिटेडले काठमाडौँको लक्जरियस बर्णबास म्युजियम होटलको संस्थापक शेयर किनेको छ।

कम्पनीले १२ करोड ५० लाख रुपैयाँबराबरको १० लाख कित्ता शेयर किनेको हो।

सांसद तथा होटल व्यवसायी राजेन्द्र बजगाईं अध्यक्ष रहेको बर्णबास होटलको संस्थापक सेयरमध्ये १४.२ प्रतिशत शेयर किनेको हो।

कम्पनीले प्रतिकित्ता १ सय २५ रुपैयाँका दरले होटलको शेयर किनेको हो। शेयर किनेपछि एनआरएन इन्फ्रास्ट्रक्चरको १४.२ प्रतिशत संस्थापक सेयर स्वामित्व कायम भएको छ। यो भनेको जारी पुँजीको ९.०९ प्रतिशत हो।

कम्पनीको तर्फबाट न्यूनतम एक जना सञ्चालक रहने गरी शेयर खरिद गरिएको हो। एनआरएनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्याल र कम्पनीको तर्फबाट अध्यक्ष राजेन्द्र बजगाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

NECO

Leave Your Comment

Related News