काठमाडौं । मंगलबारका लागि सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्ला दिनमा सुनचाँदीको मूल्य निरन्तर बढीरहेकोमा मंगलबार स्थिर रहेको हो ।
महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि छापावाला सुन प्रतितोला सोहि मूल्यमा खरिदबिक्री भएको थियो ।
त्यस्तै मंगलबार चाँदीको मूल्य भने प्रति तोलामा ४० रुपैयाँले घटेर २ हजार २७५ रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको मूल्य प्रति तोला २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो । जुन चाँदीको मूल्य हालसम्मकै उच्च रहेको थियो ।


