नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (NPS-National Card Switch तथा NEPALPAY Card मा आवद्ध  

काठमाडौं । एनआईएमबि र एनसीएचएल बीच NPS–NCS तथा Domestic Card Scheme (NEPALPAY Card) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानज्यूले हस्ताक्षर गरेका हुन् ।

 एनसीएचएलले हालै NPS–NCS को पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम NEPALPAY Card र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु NPS–NCS / NEPALPAY Card मा आवद्ध भइरहेका छन् । NEPALPAY पूर्वाधारको कमर्सियल रोलआउट पश्चात एनआईएमबिले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।

 NPS–NCS लाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

 एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । NPS–NCS / NEPALPAY Card को कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई  थप उचाँईमा पु¥याउने अपेक्षा गरिएको छ ।

  एनआईएमबीले आफ्नै कार्ड स्विच पूर्वाधार सञ्चालन गर्दै आएको छ। यस पूर्वाधारमार्फत, बैंकले ३ वाणिज्य बैंक, ५ विकास बैंक, र १ वित्त कम्पनीसहितका आफ्ना सहायक सदस्य बैंकहरूलाई कार्ड स्विचिङ तथा प्रोसेसिङ सेवा प्रदान गर्दै आएको छ। एनआईएमबीको स्विच NPS-NCS मा जोडिएपछि, ती सदस्य बैंकहरू पनि स्वतः प्रणालीमा आबद्ध हुनेछन र NEPALPAY कार्ड इस्यू र अक्वायर गर्न सक्षम हुनेछन् । एनआईएमबिले देश भरी रहेका २७५ वटा शाखा – ६५ विस्तारित काउन्टरहरु तथा २६५ एटीएम टर्मिनल मार्फत ग्राहकवर्गहरुलाई अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार