काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले असार ३२ गते बुधबारदेखि लागू हुने गरि मूल्य घटाएको हो।
निगमले पेट्रोलको मूल्य प्रति लिटर ५ रुपैयाँ घटाएको छ भने डिजेल र मट्टीतेलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको छ । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत छ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा १५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५९ रुपैयाँ र तेस्रो वर्गमा १६० रुपैयाँ पुगेको छ ।
त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १४५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४७ रुपैयाँ र तेस्रो वर्गमा १४८ रुपैयाँ पुगेको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन् । त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ पर्छन भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपालय रहेका छन् ।

