RE
Global College

विवरण बुझाउन बाँकी कम्पनीलाई अन्तिम मौका, आजसम्म जरिवानामा ९० प्रतिशत छुट

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौँले विवरण, सूचना वा जानकारी बुझाउन बाँकी रहेका कम्पनीलाई जरिवानामा भारी छुट दिएको छ । कम्पनी रजिस्टारको कार्यालयले असार मसान्तभित्र विवरण, सूचना वा जानकारी बुझाउने कम्पनीलाई ९० प्रतिशत छुट दिने जानकारी गराएको छ ।

कम्पनी ऐन, २०६३ (संशोधन सहित) को दफा ८१ को उपदफा (७) बमोजिम, यदि कुनै कम्पनीले यस ऐन बमोजिम बुझाउनुपर्ने विवरण, सूचना वा जानकारी २०८२ साल असार मसान्तभित्र बुझाएमा, त्यस्तो ढिलाइका कारण लाग्ने जरिवानामा छुट पाउने छन् ।

कम्पनीहरुले अनलइनमार्फत यस्तो विवरण बुझाउन सक्नेछन् ।

बुधबार अपरान्ह ५ बजेभित्र विवरण बुझाउने कम्पनीहरुले यस्तो छुट पाउनेछन् ।

 

 

NECO

Leave Your Comment

Related News