सिमतालबाट त्रिशूलीमा खस्यो मिनी ट्रक

काठमाडौं । चितवनको भरतपुर नगरपालिकास्थित सिमतालबाट ट्रक त्रिशूली नदीमा खसेको छ ।

यूपी ३२ जेड एन ७८८३ भारतीय नम्बरप्लेटको ट्रक सडकबाट ८० मिटर तल खसेको हो ।

घाइते ट्रक चालक आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंहको उद्धार गरी भरतपुर अस्पतालमा उपचार भैरहेको चितवन प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार