Skip to content
Equity Nepal
१ कार्तिक २०८३, शनिबार
(Oct 17, 2026)
sipradi ddss
  • News
  • Market
  • Energy
  • Opinion/Analysis
  • Bank/Finance
  • Insurance
  • Corporate
  • Budget
  • Others
    • Economy
    • International
    • Technology
    • Industry
    • Auto
  • English
  • Unicode Tools
    • Preeti (Nepali Font) to Unicode
    • Unicode to Preeti (Nepali Font)
RE
Global College

ओली अध्यक्षमा तेहेरिने र विद्यालाई एमालेमा रोक्नेगरी प्रस्ताव पारित

Equity Nepal
Published Date : Friday July 18, 2025 8:37 am

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केपी शर्मा ओली एमाले अध्यक्ष तेहेरिने र पूर्वराष्ट्रपति विद्या भण्डारीलाई विधान महाधिवेशनमा रोक्नेगरी प्रस्ताव पारित गरेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको अध्यक्षतामा बिहीबार राति सम्पन्न पार्टी सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ । यससँगै उमेर हद र दुई कार्यकालको व्यवस्थाले ओलीलाई अध्यक्षमा रोक्न सक्ने प्रावधान हटेको छ । उमेर हद र दुई कार्यकालको व्यवस्था हटेसँगै उनी तेस्रोपटक अध्यक्ष बन्न सक्ने बाटो खुलेको हो ।

बैठकमा दोस्रो विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई अन्तिम रुप दिँदै पार्टी विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्यकाल व्यवस्था हटाउने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उपाध्यक्ष पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई शुक्रबार हुने पोलिटब्युरो बैठकमा पेस हुने र उक्त प्रस्ताव केन्द्रीय कमिटीमा लगिने उपमहासचिव ज्ञवालीले बताए । बैठकले पदाधिकारीको सङ्ख्या १५ सहित ८४ सदस्यीय पोलिटब्युरो र केन्द्रीय कमिटीमा २५१ सदस्य रहने निर्णय गरेको छ । पोलिटब्युरो बैठक ११ः०० बजे बस्ने कार्यसूची छ ।
पार्टीमा दुई किसिमका सदस्य रहने प्रस्ताव गरिएको जानकारी दिँदै उपमहासचिव ज्ञवालीले एउटा सदस्य तथा अर्काे सङ्गठित सदस्य भएको बताए । यही साउन ५ गते केन्द्रीय कमिटी बैठक पनि बस्ने छ भने आगामी भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनले उक्त प्रस्ताव पारित गरेपछि उमेर हद र कार्यकालसम्बन्धी नयाँ प्रावधान लागू हुनेछ ।
यसैगरी सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा सक्रिय भएकी पूर्वराष्ट्रपति भण्डारीलाई रोक्नेगरी प्रस्ताव पारित भएको छ । बैठकले दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरु मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्ने प्रस्ताव पारित गरेको छ । बैठकपछि  उपमहासचिव ज्ञवालीले भने, ‘दशौं राष्ट्रिय महाधिवेशनमा नभएका र पछि केन्द्रीय कमिटी अथवा केन्द्रीय निकायमा आउनुभएका साथीहरु आयोजकका हिसाबले जानुहुन्छ, तर उहाँहरु विधान महाधिवेशनको प्रतिनिधि चाहिँ बन्नु हुन्न ।’
२०७८ मंसिरमा सम्पन्न एमालेको दशौँ महाधिवेशनमा भण्डारी एमाले प्रतिनिधि थिइनन् । उनी विसं. २०७२ कार्तिक ११ देखि २०७९ फागुन २८ गतेसम्म दुई कार्यकाल गरी नेपालको दोस्रो तथा प्रथम महिला राष्ट्रपतिको भूमिकामा थिइन् ।
NECO

Leave Your Comment

Related News

  • अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंककाे आग्रह, चाडपर्वमा कसरी सुरक्षित रहने ?

  • विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै

  • बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल

  • आज दशैंको सातौँ दिन, घरघरमा फूलपाती भित्र्याइँदै

  • पश्चिमी वायु र न्यूनचापीय प्रणाली सक्रिय, कस्तो रहला आजको मौसम ? 

  • यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर 

muktinath
SALICO
equitynepal.com

TrendingRecent News

१

माउण्टेन इनर्जीद्वारा लगातार दोस्रो वर्ष २० प्रतिशत बोनस शेयर प्रस्ताव, कार्तिक २० मा एजीएम

२

८ हजार एमएएच ब्याट्रि भएको भिभो वाई ३२ नेपाली बजारमा सार्वजनिक

३

नेपाल टेलिकमले ल्यायो वाइफाइ ६ सहितका नयाँ इन्टरनेट प्याकेज

४

घट्यो सुनचाँदीको मूल्य

५

बढ्यो सुनचाँदीको मूल्य

६

डेल्टा अटोकर्पद्वारा १५० सीसीका दुई नयाँ भेस्पा स्कुटर सार्वजनिक,कति छ मूल्य ?

७

सुदूरपश्चिम प्रदेशको बजेट ३७ अर्ब ७० करोड

१

अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंककाे आग्रह, चाडपर्वमा कसरी सुरक्षित रहने ?

२

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै

३

बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल

४

आज दशैंको सातौँ दिन, घरघरमा फूलपाती भित्र्याइँदै

५

पश्चिमी वायु र न्यूनचापीय प्रणाली सक्रिय, कस्तो रहला आजको मौसम ? 

६

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर 

७

विकास बैंकहरुको खुद नाफामा १२.२८ प्रतिशतले वृद्धि

ABOUT

Equity Nepal is online portal dealing with news and analysis on investing, personal finance, banking, insurance, business sector and the economy.

Connect with Us
  • equitynepal
  • equitynepal

OUR TEAM

  • President: Lochan Khatiwada
  • Editor: Prakash Khatiwada
  • Correspondent: Rijan Shilpakar
  • News Coordinator: P. R. Singh
  • Accountant: Vinu Waiva
  • Marketing Officer: Meghraj Baskota
  • Employee: Laxmi Magar
  • Administrator: Sushil Dahal

CONTACT

  • Need Media Private Limited
  • Kathmandu-30, Kathmandu,Nepal
  • 9851362262
  • [email protected]
  • [email protected]

© Copyright 2026. All rights reserved by   Equity Nepal

Department of Information Registration Number: 780/074-75