प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् पुनर्गठनको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार दोस्रो वर्षमा प्रवेश गरेसँगै मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चुलिएको छ, जसका कारण मन्त्रीहरूमा पद गुम्ने त्रास बढेको छ ।

सुरुमा मन्त्रिपरिषद् गठन गर्दा प्रधानमन्त्री ओलीले ‘एक वर्षका लागि मात्रै’ भनेकाले अहिले मन्त्रीहरू आफूलाई कुन बेला हटाइने हो भन्ने अन्योलमा छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले शपथग्रहणका क्रममा ‘एक वर्षका लागि’ भनेको स्मरण गर्दै मन्त्रिपरिषद् पुनर्गठन सामान्य प्रक्रिया रहेको बताएका छन् । उनको यो धारणा सार्वजनिक भएसँगै मन्त्रीहरू कुनै पनि बेला आफ्नो पद गुम्न सक्ने त्रासमा छन् ।

प्रधानमन्त्रीको तयारी र सत्ता गठबन्धनको भूमिकाः

सञ्चारमन्त्री गुरुङको अभिव्यक्तिअनुसार प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा छन् । प्रधानमन्त्रीले एक वर्षअघि मन्त्रीहरूलाई दिएको सन्देश पनि यही थियो । यद्यपी, मन्त्रिपरिषदमा हेरफेरको तयारी गरे पनि प्रधानमन्त्रीले यस विषयमा सत्ता गठबन्धन दल नेपाली कांग्रेससँग पनि छलफल गरी सहमति जुटाउनुपर्ने हुन्छ ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई थप प्रभावकारी बनाउन केही मन्त्रीहरू बदल्न चाहेको बुझिएको छ । प्रधानमन्त्री ओलीले २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएपछि त्यसको भोलिपल्ट २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । अब पुनर्गठन हुँदा कोको मन्त्री हट्ने र रहने भन्ने निश्चित भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार