काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रले पदबाट राजीनामा दिएका छन् । उनले अघिल्लो साता पदबाट राजीनामा दिएका हुन् ।
आयोगका सदस्य मिश्रले राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा पत्र बुझाएका हुन् ।
संवैधानिक पदाधिकारीहरूले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएपछि पद रिक्त हुने व्यवस्था रहेको छ । आयोगमा पद रिक्त भएपनि राष्ट्रपति कार्यालयले भने मिश्रले राजीनामा दिएको सूचना निकालेको छैन ।उनले वित्त आयोगले प्रदान गरिने अनुदान व्यवस्थित नभएको समेत गुनासो गरेका छन् भने उक्त माग सम्बोधन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

