पाँच वटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध, पाँचवटा राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । मुलुकभरका विभिन्न क्षेत्रका पाँच वटा राजमार्ग पूर्ण अवरोध हुँदा पाँच वटा राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन् । गृह मन्त्रालयका अनुसार वर्षासँगै आएको पहिरोका कारण विभिन्न राजमार्ग पूर्णरुपमा बन्द र एकतर्फी सञ्चालन गरिएको हो ।

मन्त्रालयका अनुसार संखुवासभा, . पाँचथर, रसुवा र रुकुम पश्चिमस्थित रहेका राजमार्गहरु पूर्ण रुपमा अवरुद्ध भएका हुन् । संखुवासभा भोटखोला गाँउपालिका ४ बरुणखोला स्थित कोशी राजमार्ग , . पाँचथर फिदिम नगरपालिका –४ र ऐ.हिलिहाँङ गा.पा. ७ हेवाखोला स्थित मेचीराजमार्ग, रसुवा गोसाईकुण्ड गाँउपालिका वडा नम्बर ५ क्लब डाँडा स्थित पासाङ ल्हामु राजमार्ग र रुकुम पश्चिम नगरपालिका वडा नम्बर ६ रिजिगारस्थित जाजरकोट डोल्पा भेरी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

काठमाडौं टोखा नगरपालिका वडा नम्बर २ स्थित काठमाडौं नुवाकोट राजमार्ग, बाग्लुङ नगरपालिका वडा नम्बर १० स्थित दब्लयाङ स्थित कालिगण्डकी करीडोर, गैडाकोट नगरपालिका वडा नम्बर ३ स्थित तरङखोलास्थित कालिगण्डकी करीडोर, रोल्पास्थित क्रमशः परिवर्तन गाँउपालिका वडा नम्ब्र ५ स्थित ग्रामजिम र भुर्तिवाङ स्थित सहिद राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथको बाटोमा असार १० गते देखि अर्को सुचना नआएसम्मको लागि बेलुका १९ः०० बजेदेखि बिहान ०६ः०० बजे सम्मको लागि सम्पुर्ण सवारी साधन आवत–जावतमा रोक लगाईएको बताइएको छ । त्यस्तै काठमाण्डौः– फर्पिङ– कुलेखानी सडक खण्डको फर्पिङबाट हात्तिगौँडा सम्मको सडक निर्माणको लागि असार १२ गतेदेखि साउन ६ गते सम्म बन्द रहने भएकाले उक्त मार्गमा चल्ने सवारी साधनहरुलाई बैकल्पिक सडक प्रयोग गर्नको लागि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार