CLI

काउली, बोडी, बन्दा र भन्टा महँगिए

काठमाडौं । कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज गोलभेँडा, भिन्डीसहित केही तरकारीको मूल्य घटेको छ। तर, काउली, बोडी, बन्दा, भन्टा लगायतका तरकारीको मूल्य भने बढेको छ। कतिपय तरकारी तथा फलफूल हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५८, सानो लोकल गोलभेँडा २२, रातो आलु ४४, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ९६, लोकल बन्दा ३४, स्थानीय काउली ८८, लोकल मुला २५, लाम्चो भन्टा २२, डल्ले भन्टा ३५, तने बोडी २८, मकै बोडी ९५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि करेला १५, लौका २२, तराईको परबल ३५, घिरौँला २५, झिँगुनी ४५, हरियो फर्सी ९डल्लो० ३०, पाकेको फर्सी ४५, भिन्डी २५, कन्य च्याउ १३३, डल्ले च्याउ ३२६, ब्रोकाउली ८५ रुपैयाँ प्रतिकिलो छ।

थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ६०, सानो लोकल गोलभेँडा २७, रातो आलु ४४, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ९५, लोकल बन्दा २८, स्थानीय काउली ६०, लोकल मुला २५, लाम्चो भन्टा १५, डल्ले भन्टा ३५, तने बोडी २२, मकै बोडी ५५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि करेला १४, लौका २०, तराईको परबल ३५, घिरौँला २७, झिँगुनी ४५, हरियो फर्सी डल्लो ३०, पाकेको फर्सी ४५, भिन्डी ३५, कन्य च्याउ १३३, डल्ले च्याउ ३२६, ब्रोकाउली ८० रुपैयाँ प्रतिकिलो थियो।

तरकारी तथा फलफूलहरुको आजको मूल्यसूची

Leave Your Comment

Related News