सुनको मूल्य बढ्यो , मूल्य प्रतितोला १ लाख ९७ हजार भन्दा बढी

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाला सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ६०० तोकिएको छ ।
मंगलबार भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ तोकिएको थियो । सोमबार भने छापावाला सुनको मूल्य १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबारका लागि छापावाला सुन प्रति १० ग्रामको मूल्य भने १ लाख ६९ हजार ४१० रुपैयाँ तोकिएको छ ।
महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेको छ । बुधबार चाँदी प्रतितोला २ हजार ३५० रुपैयाँ तोकिएको छ ।
मंगलबार चाँदी प्रतितोलाको मूल्य २ हजार ३२० रुपैयाँमा कारोबार भएको हो । यो सँगै सोमबारका लागि पनि चाँदीको मूल्य प्रतितोला २ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदी प्रति १० ग्रामको मूल्य भने २ हजार १५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार