RE
Global College

अनिवार्य अवकाश पाउनु तीन दिन अघि नायब महान्याधिवक्ता घिमिरले दिएको राजीनामा स्वीकृत

काठमाडौं । अनिवार्य अवकाश पाउनुभन्दा तीन दिनअगाडि नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा घिमिरेले दिएको राजीनामा साउन ४ गते नै बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको जानकारी गराए ।

साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय नम्बर १० मा भनिएको छ, ‘नायब महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले २०८२ साउन २ गते देखि लागु हुने गरी पेस गर्नुभएको स्वैच्छिक अवकाश स्वीकृत गर्ने।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखाना (निजामती) ले घिमिरे यही साउन ५ गते अनिवार्य अवकाशमा जाने उल्लेख गरेको छ।

त्यसको तीन दिनअघि अर्थात् साउन २ गते दिएको राजीनामा मन्त्रिपरिषद्‌ले ४ गते स्वीकृत गरेको हो ।

NECO

Leave Your Comment

Related News