काठमाडौं । सारथी केबल इन्डष्ट्रिज लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । साधारण सेयर निष्कासनका लागि कम्पनीले सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सारथी केबलका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सारथीले जारी पुँजीको २०% सेयर सर्वसाधारणलाई निष्कासन गर्ने योजना बनाएको छ ।
सारथी केबल इन्डष्ट्रिजले आइपीओ जारी गर्ने, सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक नियुक्त

