टिकटक र हिमाल मिडिया मेलाबीच साझेदारीको घोषणा

काठमाडौं । हिमाल मिडियाले साउन ९ गते हिमाल मिडिया मेलाको चौथो संस्करण आयोजना गर्ने तयारी गरेको छ । यसले देशभरका पत्रकार, डिजिटल क्रिएटर, मिडिया विज्ञ र कथावाचकहरुलाई एउटै मञ्चमा ल्याउने जनाइएको छ । यस वर्षको मेलामा समाचार र स्टोरीटेलिंगको बदलिँदो संसारबारे छलफल गरिनेछ ।

जसमा पत्रकारिता, मोबाइल भिडियो र डिजिटल सामग्रीको भविष्यबारे गहन संवाद, कार्यशाला र मास्टरक्लासहरु समावेश हुनेछन् । यस पटकको हिमाल मिडिया मेलामा ‘पावर्ड बाई’ साझेदारको रुपमा टिकटक पहिलो पटक सहभागी हुने भएको छ । यस साझेदारीले मोबाइल-फर्स्ट सामग्री निर्माण र कथावाचनको संसारमा डिजिटल प्लेटफर्महरुको बढ्दो महत्त्वलाई अझ अघि बढाउने अवसर दिनेछ ।

“हिमालमिडियासँगको सहकार्य मार्फत नेपालमा कथावाचनको भविष्यलाई सघाउन पाउँदा हामी उत्साहित छौं । टिकटक मिडियालाई विविध प्रकारका दर्शकहरुसँग सिर्जनात्मक र अर्थपूर्ण तरिकाले जोड्न सक्षम बनाउने कुरामा विश्वास गर्दछ,” टिकटकका प्रवक्ताले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार