काठमाडौं । एन आई सी एशिया क्यापिटल र जानकी केवल इण्डस्ट्री लिमिटेड बीच सर्वसाधारणमा निष्काशन गर्न शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।
जानकी केवल इण्डस्ट्री लिमिटेड बीच सर्वसाधारणमा निष्काशन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल चयन हुने समझदारी भएको छ । सो सम्बन्धमा एन आई सी एशिया क्यापिटल र जानकी केवल इण्डस्ट्री लिमिटेड बीच सम्झौता सम्पन्न भएको छ ।
एन आई सी एशिया क्यापिटल ले IDEA to IPO” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि Ipoजारी गर्ने चरणसम्म पु¥याउन आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ ।
जानकी केवल इण्डस्ट्री नेपालको ISO 9001:2015 प्रमाणित तथा Restriction of Hazardous Substances (RoHS), Conformite Europeans (CE) / International Electrotechnical Commission (IEC) युरोपियन प्रमाणपत्र प्राप्त जानकी केवल इण्डस्ट्री नेपालको पहिलो केवल निर्माता कम्पनी हो ।
जानकी केवल इण्डस्ट्रीबाट उत्पादित केवल तथा कन्डक्टरलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त RoHS, CE / IEC र युरोपियन प्रमाणपत्रहरू प्राप्त गर्दै उपलब्धि हासिल गर्न सफल कम्पनी हो ।
हाल जानकी केवल इण्डस्ट्रीले ACSR कन्डक्टर, हाउस वायर, ब्द्यऋ केवल, अटो केवल, फ्लेक्सिबल वायरहरू, पावर केवल, इलेक्ट्रोनिक केवलहरू उत्पादन गर्दै आएको छ ।
एन आई सी एशिया क्यापिटलले “IDEA to IPO” सेवा अन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्काशन सम्मको कार्य गर्न आवश्यक परामर्श सेवा संचालन गरिरहेको हुँदा उक्त सेवा लिन चाहने कम्पनीहरुले क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

