काठमाडौं । यसअघि कुनै पनि घटना र अपराधका आरोपीहरु प्रहरीले पत्रकार सम्मेलनमार्फत तथा प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गर्ने गरेकोमा त्यो रोकिने भएको छ । प्रहरी प्रधान कार्यालयले कुनै पनि घटनाका आरोपीको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरुमा परिपत्र गरेको हो ।
महान्यायाधिवक्ताको कार्यालयले आरोपीको तस्वीर तथा भिडियो सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयमा निर्देशनसहितको पत्र पठाएको थियो । सो पत्रका आधारमा प्रहरी कार्यालयहरुमा परिपत्र गरिएको हो ।
यद्यपि, जघन्य अपराधका घटनामा भने आरोपीको तस्वीर एवं भिडियो सार्वजनिक गर्न सकिनेछ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले राज्य तथा सामाजिक असर नपर्ने अवस्थामा सम्बद्ध निकायको अनुमति लिएर आरोपीको फोटो भिडियो प्रकाशन गर्न सकिनेछ ।

