काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाला सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ तोकिएको छ । बुधबार भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबारका लागि छापावाला सुन प्रति १० ग्रामको मूल्य भने १ लाख ६७ हजार ३५५ रुपैयाँ तोकिएको छ ।
महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार ३३५ रुपैयाँ तोकिएको छ । बुधबार चाँदी प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदी प्रति १० ग्रामको मूल्य भने २ हजार २ रुपैयाँ तोकिएको छ ।

